Sajhamanch Archive

कमल गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण सुरु

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले आज गाउँपालिकामा बसोबास गर्ने अपाङ्गहरुलाई अपाङ्गता भएको परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको छ ।

वडा नम्बर २ बाट आज सुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई गाउँपालिकाले घुम्ती शिविर मार्फत माघ २५ गतेसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले सबै वडा कार्यालयबाट क्रमशः परिचय पत्र वितरण गरिने जानकारी दिए । गतवर्षको तथ्याङ्क अनुसार कमल गाउँपालिकामा ५०० भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेका उपाध्यक्ष सिवाकोटीले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई रातो, निलो, पहेँलो र सेतो गरी चार वर्गमा विभाजन गरी सेवा सुविधा उपलब्ध गराउने राज्यको नीतिअनुसार यस्तो परिचयपत्र वितरण सुरु गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले दिएको जानकारीअनुसार परिचय पत्रको आधारमा अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारबाट सेवा सुविधा पाउनेछन् । आज पहिलो दिन रातो १४, निलो ६, पहेँलो ५ र सेतो ५ वटा गरी ३० जनालाई परिचय पत्र वितरण गरिएको छ ।

उनका अनुसार रातो परिचय पत्र पाउननेले मासिक २ हजार रुपैयाँ, निलो पाउनेले मासिक ६०० रुपैयाँ र पहेलो र सेतो कार्ड पाउनेले सार्वजनिक यातायात, अस्पताल, लोकसेवा आयोग आदिमा सरकारले तोके अनुसारको सेवा सुविधा पाउने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *