Sajhamanch Archive

गुल्मीमा जिप दुर्घटना २ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

वामी मैदानबाट वामीटक्सार जाने क्रममा उक्त गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी मालिक मुसीकोट नगरपालिका ८ का ३० बर्षीय ठाकुर सापकोटा तथा सोही ठाउँकी ५५ बर्षीया पुतलीसिंह ठकुरीकोको मृत्यु भएको हो ।

मुसीकोट नगरपालिका ८ कै ५५ बर्षीया हरिकला कार्की र बाग्लुङ दगातुमडाडा घर भई वामी मैदानमा दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

उनीहरुलाई वामी मैदानस्थित शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *