Sajhamanch Archive

गाँजा तस्करीमा संलग्न तीन जनालाई प्रहरीद्धारा सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by .

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका गोबरगाढा टापु क्षेत्रबाट गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी ४२ किलो गाँजासहित उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बिहार, सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय छन् ।

भारततर्फ गाँजा निकासी हुँदै गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्ने क्रममा गोली हानाहान समेत भएको थियो । केही तस्कर भने फरार छन् ।

पक्राउ परेकाहरुमाथि लागुऔषध कारोवार मुद्दामा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *