Sajhamanch Archive

‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

सुपरस्टार अनमोल केसीको क्रेज पुनः एकपटक प्रमाणित भएको छ । ‘कृ’ रिलिजपछि स्टारडम कमजोर भएको चर्चालाई उनले गलत साबित गरेका छन् । यसअघि नेपाली फिल्मका ट्रेलरले बनाएका सबै रेकर्ड ध्वस्त पार्दै शुक्रवार दिउँसो युट्युब रिलिज भएको उनी अभिनीत यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ ।

रिलिजको २४ घण्टामा ट्रेलरलाई ८ लाखभन्दा बढीले हेरिसकेका छन् । आजसम्म कुनै नेपाली फिल्मको ट्रेलरले रिलिजको २४ घण्टामा ८ लाख प्लसु भ्यूज बटुल्न सकेका थिएनन् । यसअघि २४ घण्टामा सर्वाधिक भ्यूज पाउने फिल्मको रेकर्ड स्वयं अनमोलको नाममा थियो । उनी अभिनीत फिल्म कृु को ट्रेलरलाई ६ लाखभन्दा बढी पटक हेरिएको थियो ।

‘क्याप्टेन’ ट्रेलरप्रति हजारौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा ४२ हजार बढीले लाइक्स गरेका छन् । ऐश्वर्यु फेम्ड निर्देशक दीवाकर भट्टराई निर्देशित यस फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ । फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा फिल्म आधारित रहेको ट्रेलरले भन्छ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई खुब रुचाएका छन् ।

यस फिल्ममा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्माता भुवन केसी हुन् । यसमा पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *