Sajhamanch Archive

कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ ।

कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेता आफ्नो गृहजिल्ला पुगेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् भने महामन्त्री डा। शशांक कोइराला नवलपुर तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा चितवन पुगेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुने बताइएको छ । युवा नेता गगन थापा पोखराको विरोधसभामा सहभागी हुने कार्यक्रम छ ।

कांग्रेसले राजधानीको रत्नपार्कमा प्रदर्शन गर्ने भएको छ । शहरका विभिन्न ठाउँबाट जुलुसहित रत्नपार्कमा पुगेर प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।

उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा–छुट्टै कार्यक्रम गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *