Sajhamanch Archive

भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने

Published: in राष्ट्रिय समाचार, विविधा by .

संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुआईडोले भने यसको स्वागत गरेका छन् ।

अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पूर्व–अभ्यास भएको मादुरोको विश्लेषण छ । विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् ।

भेनेजुएलाको कुनै पनि भूभागमा गुआईडोको नियन्त्रण छैन । त्यसैले भेनेजुएलाका नागरिक पलायन भएर शरणार्थी बनेका छिमेकी मुलुकहरुमा सहयोग केन्द्रमार्फत सहायता उपलब्ध गराउने अमेरिकी तयारी छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *