Sajhamanch Archive

विकास बोर्डकी अध्यक्ष निकितालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरेको हो ।

मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । तर विकास बोर्डकी अध्यक्ष पौडेल थिइनन् ।

बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए । मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरिएको तर नआएको जवाफ दिइन् ।

पौडेलले हालै टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनले विदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी दिएका थिए ।

मन्त्री बास्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

मन्त्रालयले मन्त्रीको निर्देशन बमोजिम निकिता पौडेललाई स्पष्टिकरण सोध्न पत्र तयार पारेको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *