Sajhamanch Archive

पत्रिकामा खानेकुरा खाँदा क्यान्सरको जोखिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by .

धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् ।

यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।

पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *