Sajhamanch Archive

कार्डिफ सिटीका स्ट्राइकर चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटियो

Published: in राष्ट्रिय समाचार, by .

एजेन्सी । इंग्लिस क्लब कार्डिफ सिटीका स्ट्राइकर चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ । फ्रेन्च क्लब नान्टेसबाट इंग्लिस क्लब कार्डिफ सिटीमा अनुबन्धित भएर जाँदै गर्दा हराएका इमिलियानो साला चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ ।

गत जनवरी २१ मा आफ्नो पूर्वक्लबबाट बिदा लिएर इंग्ल्यान्ड हिडेका इमिलियानो साला चढेको प्लेन भग्नावशेष भेटिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । एयर एक्सिडेन्ट्स इन्भेष्टिगेसन ब्रान्चको सहकार्यमा भइरहेको खोजले आइतबार सो प्लेन फ्रान्स र बेलायतको बीचमा रहेको इंग्लिस च्यानलमा भेट्टाएको उनको परिवारले जानकारी दिएका छन् ।

यसअघि सो स्थाननजिक क्षेत्रका प्रहरीहरुले केही फेला पार्न नसकेपछि सबैबाट सहयोग जुटाएर खोजी कार्य सुरू गरिएको थियो । ग्वेस्नी नामक टापूबाट २४ माइल उत्तरमा उनी चढेको विमान भेट्टाइएको हो ।

डेभिड इब्बट्सनले उडाएको उक्त भाडाको प्लेनमा साला मात्र रहेका थिए । नान्टेससँगका साथीहरुसँग खिचेको फोटो उनले अन्तिम बिदाई भन्दै आफ्नो पेजमा हालेका थिए । नान्टेसबाट ४ वर्ष खेलेका उनलाई कार्डिफ सिटीले १५ मिलियन पाउण्डमा खरिद गरेको थियो ।

उनको जिवीत हुने सम्भावना न्यून रहेको भन्दै विभिन्न क्लबहरुले समवेदना प्रकट गरेका छन् । सो दुःखलाग्दो खबरले फुटबल जगत नै स्तब्ध भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *