Sajhamanch Archive

आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्दै सांसद मगर

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद झलकसिं दर्लामी मगरले अवको ३ वर्ष पछि कोहि पनि सर्वसाधरण हिलो वाटो र खोला तर्नुनपर्ने गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराएका छन । निर्वाचन क्षेत्र विकासका लागि २ करोडको योजना स्वीकृत गराउँदै उनले कुनैपनि जनताले आफ्नो निर्वाचन क्षेत्रमा हिलो वाटोमा हिड्नु नपर्ने वताए । उनले भने, ज्यानै जोखिममा राखेर वाढी भेलका वेला खोलो तर्नुपर्ने दिन गयो ।’

प्रदेश साँसद दलार्मी मगरले निर्वाचन क्षेत्र विकास कार्यक्रम २०७५ वाट १६ वटा महत्वपूर्ण योजनाका स्वीकृत गरको वताए । त्यसका लागि प्रदेश सभावाट रकम विनियोजन भई धमाधम उपभोक्ता समिति समेत गठन शुरु भएको सांसद मगरले जानकारी दिए । सांसद मगरले पाएका योजना मध्ये ११ वटा योजना पक्की पुल निर्माणका छन । त्यस्तै ५ वटा योजना ग्राभेल सडकको स्तरउन्नती रहेको छ । वाँकी योजना भवन निर्माण सहित अन्य पूर्वाधार निर्माणका रहेका छन । अवको ३ वर्षमा आफ्नो निर्वाचन क्षेत्रका मुख्य सडक कालोपत्रे र भित्रि सडक उच्च स्तरको ग्राभेल गरेर प्रत्येक टोल टोल सडक मैत्रि वनाईने उनले जानकारी दिए । सांसद मगरले भने, ‘ अवका ३ वर्षमा झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) जिल्लामै नमुना क्षेत्रको रुपमा परिचित हुने छ ।’

सांसद मगरले सवैभन्दा वढी योजना शिवसताक्षी नगरमा ११ वटा स्वीकृत गराएका छन । यस्तै गौरादह नगरमा २ र गौरिगञ्ज गाउपालिकामा ३ वटा योजना पारेका छन । उनले उच्च जोखिम र स्थानिय राजनितिक दलको सल्लाहमा यी योजना प्रदेश सभा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका लागि छनौट गरेको उनका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।

शिवसताक्षी नगरापालिका वडा नम्बर १ को लेलिया खोलामा रहेको अधुरो पक्की पुल निर्माणका लागि १० लाख विनीयोजन गरेका छन । सो योजना नगरपालिका संग साझेदारीमा हुने छ । यस्तै सोहि नगरको वडा नम्बर २ मा रहेको मंगलवारे कृषी उपज वजारमा ढल निर्माणका लागि १० लाख विनियोजन गरेका छन । सोहि वडामा रहेको विकास चोक पश्चिम—दक्षीण प्रगति चोक हुदै भनकामना स्कुल सम्मको सडक स्तरउन्नतीका लागि १० लाख विनियोजन गरेका छन ।

सांसद मगरले वडा नम्बर ३ को देवदुत चोक—ज्योती चोक सडक खण्डको धरधरे खोलामा कल्भर्ट निर्माणका लागि १० लाख विनियोजन गरेका छन । वडा नम्बर ४ को जनता कृषि उपज वजार ढल निर्माण तथा बजार व्यवस्थापनका लागि १० लाख विनियोजन गरेका छन । उनले सोहि वडाको वुलु चोक कृषि उपज वजार ढल निर्माणका लागि ५ लाख छुट्याएका छन । यता वडा नम्बर ५ को वडा कार्यलय भवन निर्माणका लागि शिवसताक्षी नगरपालिका संगको साझेदारीमा हुने योजनाका लागि १५ लाख विनियोजन गरेका छन ।

वडा नम्वर ८ को डाँडा गाँउदेखि काभे्र चोक हुदै सयपत्रि चोक सम्मको सडक स्तरउन्नती र झिलझिले खोलाको तटवन्ध का लागि का १० लाख विनियोजन गरेका छन । सांसद मगरले निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि छुट्याएका योजना मध्ये सवैभन्दा धेरै रकम वडा नम्बर ६ को जनआदर्श मावि उत्तर मकल डुव्बा खोलामा पक्कि पुल निर्माणका लागि २५ लाख विनियोजन गरेका छन । यो पुल निर्माण भएपछि वडा नम्वर ६,७ र ८ का हजारौ स्थानियको वर्खामा जोखिम मोलेर खोलो तर्नुपर्ने समस्यावाट छुटकारा पाउने छन ।

यता वडा नम्बर ११ को टिम्वुर डाँडाको जरवानी खोलामा पुल निर्माण र सृजना चोक हुदै पिपल चोक हुदै फोकल्याण्ड टापु सम्म जाने सडक ग्राभेल र कलभर्ट निर्माणका लागि १५÷१५ लाख विनियोजन गरेका छन । यता गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ को कुञ्जीवारी वजार देखि भन्सार हुदै दशगजा सम्मको सडक निर्माण, वडा नम्बर २ मा पनि सत्य नारायण राजवंशीको घर देखि डेमरु राजवंशीको घर सम्म पुग्नका लागि सडक निर्माण र सोहि वडाको सेन्ट जोसेफ स्कुल दक्षिण तेली राईस मिल देखि लालमाटी वगान सम्मको सडक स्तर उन्नतीका लागि क्रमस १५, १० र ५ लाख विनियोजन गरेका छन । यता गौराहद नगरपालिका वडा नम्बर ९ को वैगुनधुरा वजारबाट लेखनाथ प्रा.वि. जाने सडक खण्डको भट्टराई चौतारा पूर्व कल्भर्ट पुल निर्माण र सोही वडाको अमर माविको खेल मैदान मर्मत तथा कम्पाउढड घेरावारका लागि १० र ८ लाख विनियोजन गरेका छन ।

स्थानिय उपभोक्ताले अपेक्षा अनुसारको योजना आफ्ना गाँउमा परेको वताए । शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशीले प्रदेशबाट आफुले अनुमान गरेको भन्दा धेरै वजेट विनीयोजन भएको वताए । प्रदेश सांसद झलकवहादुर मगरलाई सबै दलको सहयोग रहको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ता वताउँछन । गौरिगञ्ज गाँउपालिका वडा नम्बर २ का असारु राजवंशीले भने, दलिय स्वार्थ भन्दा माथी उठेर सवै जनप्रतिनिधिले विकास निर्माणका लागि काम गरे त्यो जनताको प्रिय हुन्छ ।’ ‘म नेपाली काँग्रेसको कार्यकर्ता हुँ । उनले भने, विकास निर्माणमा जनप्रतिनिधिले दलिय स्वार्थ राखे जनताले फेरी पत्याउन सक्दैनन् ।’ राजवंशीका अनुसार वाम गठवन्धनलाई मत नदिने स्थानियले पनि झलकवहादुरको विकास निर्माणको कामलाई यतिवेला साथ दिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *