एनएमसीमा क्रिस्टलका गहना तालिम
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको महिला समितिले क्रिष्टलका गहना बनाउने ७ दिने तालिम आजदेखि सुरु गरेको छ ।
बिर्तामोड कार्यालयको सभाहलमा सुरु भएको तालिमको सहजीकरण देवीमाया पोखरेलले गरिरहेकी छन् भने ३० जना महिलाहरु सहभागी छन् ।
महिला समितिका संयोजक भगवती घिमिरे मैनालीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा आमन्त्रित एवम् सहभागीहरुलाई स्वागत गर्दै सदस्य हेमा सिटौलाले तालिमको औचित्य प्रष्ट्याएकी थिइन् ।
महिला समितिका सदस्य सचिव तेजकुमारी घिमिरेले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यले तालिम सम्बन्धी आफ्ना धारणा राखेका थिए ।
Comments