बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Published:
by .चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–४ लेवटारका ४० वर्षीय भिमबहादुर थापा रहेका छन् । मुग्लिङको एक मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गएराति पौने १० बजे बा३ख ३२६९ नम्बरको बसले थापा सवार लु५प ६८५६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
Comments