Sajhamanch Archive

हिमपहिरोमा ६ प्रहरीसहित १० बेपत्ता

Published: in राष्ट्रिय समाचार, by .

भारतको जम्मू कश्मीर राज्यमा गएको हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता भएका छन्। जम्मू काश्मीरको कुलगामको श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरीसहित १० बेपत्ता भएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ।

हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ। बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन्। बुधबारदेखि नै कश्मीर घाटीमा भारी हिमपात भएको हो। पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो। कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो। जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *