Sajhamanch Archive

राजेन्द्र लिङदेनको चेतावनी-जनतालाई दुख दिए अनशन बस्छु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं  । राप्रपा महामन्त्री तथा झापा–३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफ्ना क्षेत्रका जनताको आवाज नसुने सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले झापा जिल्लामा धेरै बजेट गएको भनी हल्ला चलाइएको तर, आफ्ना क्षेत्रमा विकासका नाममा सरकारले कौडी समेत खर्च नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् ।

‘पहिला सुरु भएका बहुबर्षिय योजनाहरू रोक्ने काम भएको छ । यस्तो प्रवित्तिमा सुधार नल्याउने हो भने म साँच्चै अनशन बस्नछु’, उनले भने,‘म मेरो क्षेत्रको एक्लो प्रतिनिधि हुँ । यसै कारण जनतालाई दुख दिने काम हुन्छ भने मैले उक्त कदम चाल्नुपर्छ ।’

केचनाकबल गाउँपालिकाको विकासका लागि एक रुपैंया पनि खर्च नगर्ने तर कार्यकर्ताका लागि राज्यको ढिकुटीबाट भने भन्दा बढी रकम पठाउने कामलाई उल्लेख गर्दै उनको यस्तो चेतावनी आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *