Sajhamanch Archive

मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ज, २० भन्दा बढी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा। दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसित पहिले नै सम्झौता भए पनि त्यसलाई कार्यान्वयन नगरेपछि विरोध प्रदर्शन गरेको गोदानका महासचिव डा। रविन खड्काले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *