Sajhamanch Archive

मोहनमायामा भवन शिलान्यास, बी एण्ड सी समूहले बनाइदिने

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीको आवास तथा ११–१२ तहको कक्षा सञ्चालन गर्ने उद्देश्यले चारतले भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयको नयाँ भवन निर्माणका लागि बिर्तामोडस्थित बि एण्ड सी टिचिङ हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाईको सक्रियता देखाएका हुन् ।

आज सरस्वती पूजाको शुभसाइमा भवन निर्माणको शिलान्यास गरिएको छ । हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष इन्दिरा गिरीले तीन महिना भित्रमा पहिलो तल्ला निर्माण सम्पन्न गर्नेगरी आज शिलान्यास गरिएको हो ।

चारतले भवनको पूरै निर्माण कार्य सक्दासम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी हुने प्रसाईले बताए । ९०० हाराहारी विद्यार्थी अध्ययनरत मोहनमायामा २२ जना सुस्त श्रवण विद्यार्थीहरु पनि अध्ययनरत छन् ।

सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शिक्षक र खानाको व्यवस्था सरकारले मिलाएको भए पनि आवासको व्यवस्था सरकारले नगर्ने भएको हुँदा विद्यालयले नै आवास मिलाउनु पर्ने बाध्यता रहेकाले व्यवस्थित आवासका लागि विएण्डसी अस्पताल समूहले निर्माण गरिदिने भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *