लक्ष्मीपुरमा तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप शुरु
Published:
by .बिर्तामोड । झापाको कनकाई नगरपालिका बडा नम्बर ८ लक्ष्मीपुरमा सोमबारदेखि तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप शुरु भएको छ । लक्ष्मीपुर भेट्रान फुटबल टिमको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।
प्रतियोगिताको सोमबार बिर्तामोड भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रान फुटबल क्लब बीच भएको खेलमा शुन्यका बिरुद्ध तिन गोल गर्दै दमक लखनपुर भेट्रान फुटबल क्लब बिजयी भएको छ । प्रतियोगितामा दमक लखनपुर भेट्रान फुटबल क्लबका सुवास आङथुपोले दुई गोल र हस्तबहादुर पिठाकोटीले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दमक लखनपुर भेट्रान फुटबल क्लबका सुवास आङथुपो घोषित भए ।
त्यस्तै धरमपुर भेट्रान फुटबल क्लब शिबसताक्षी र राजघाट भेट्रान फुटबल क्लब बीच भएको खेलमा शुन्यका बिरुद्ध चार गोल गर्दै धरमपुर भेट्रान फुटबल क्लब शिबसताक्षी बिजयी भएको छ । प्रतियोगितामा धरमपुर भेट्रान फुटबल क्लब शिबसताक्षीका लिलाबहादुर जोशीले एक गोल ,रणबहादुर जबेगूले एक गोल र डम्बरबहादुर लिम्बूले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरमपुर भेट्रान फुटबल क्लब शिबसताक्षीका लिलाबहादुर जोशी घोषित भएको प्रतियोगिताका टिम म्यानेजर दिपेन लिम्बूले जानकारी दिए । मंगलबार चन्द्रगढी भेट्रान फुटबल क्लब र लक्ष्मीपुर भेट्रान फुटबल क्लब र चारआली –धाइजन भेट्रान फुटबल क्लब बीच हुने आयोजक समितिका सचिव हेमबहादुर कार्कीले जानकारी दिए ।
Comments