बाँझो जग्गा भूमिहीन परिवारलाई दिने गाउँपालिकाको निर्णय
Published:
by .बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको चौथोँ गाउँ सभाद्वारा खाली जमिन भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमिन व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमिन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमिनलाई स्थानीय सरकारको नाममा गर्न पहल गर्ने निर्णय गाउँ सभाले पारित गरेको छ ।
त्यस्तै, गाउँ सभाबाट प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धी २०७५, विपत् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५, गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि २०७५, गौमुल गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५, जलस्रोत निमावली २०७५ तथा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५ सर्वसम्मत पारित गरिएको सूचना अधिकारी खड्क बुढाले जानकारी दिए ।
गाउँ सभामा भौतिक पूर्वाधारतर्फ १० करोड ३० लाख, आर्थिक विकासतर्फ दुई करोड, सामाजिक विकासतर्फ १५ करोड ५० लाख, वातावरण तथा विपत् व्यवस्थापनमा एक करोड ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ एक करोड ५० लाख, वित्तीय व्यवस्थापन तथा सुशासनतर्फ ५० लाख, कार्यालय व्यवस्थापन तथा प्रशासनिक खर्चतर्फ चार करोड ५० लाख बराबरको चालू आर्थिक वर्ष २०७५र७६ को माघ मसान्तसम्म आयव्यय र आगामी आर्थिक वर्ष २०७६र७७ को प्रक्षेपण गरिएको अनुमानित बजेट तथा कार्यक्रम सभाले पारित गरेको छ ।
गौमुल गाउँपालिकाको कूल अनुमानित आय २४ करोड ८३ लाखमा २०७५ माघ मसान्तसम्मको यथार्थ खर्च ७ करोड रहेको बुढाले जानकारी दिए ।रातोपाटी बाट
Comments