Sajhamanch Archive

नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् ।

होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए ।

आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *