Sajhamanch Archive

सरकार कोशेली र चाकडीको पक्षमा छैनः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्मचारी सरुवा बढुवाकोलागि कोशेली र चाकडीको पछाडि नलाग्ने बताएका छन् । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ।

मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रोमोशन हुनको लागि हाकिमलाई कसैले पनि रिझाउनु पनर्ने बताएका छन् ।

उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन ।

प्रधानमन्त्री ओलीले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने बताएका छन ।

यहि अवसरमा आज ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइयो । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *