बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीद्धारा पक्राउ
Published:
by .कैलाली। अदालतबाटै फरार भएका बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीले बुधबार पक्राउ गरेको छ ।
१४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका लम्कीचुहाका डिल्प दमाई मंगलबार जिल्ला अदालतबाट फरार भएका थिए ।
माघ २८ गते पक्राउ परेका दमाईलाई म्याद थपका लागि अदालत लगेका बेला हतकडीसहित फरार भएको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए ।
मंगलबार फरार भएका उनलाई बुधबार बिहान धनगढी उपमहानगरपालिकाका मटेनीमा रहेको स्कूल पछाडिको जंगलबाट पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।
एसपी तिम्सिनाले भने, ‘हतकडीसहित फरार उनले हतकडी फुकालेका रहेछन् । प्रहरीलाई देखेपछि भाग्न खोजे । एक राउण्ड गोली प्रहार गरी पक्राउ गरेका छौँ । घुँडा भन्दा अलि माथि गोली लगेको छ । उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर छैन ।’
डिल्पले केही महिनाअघि १४ वर्षकी बालिकालाई बलात्कार गरेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको एसपी तिम्सिनाले बताए ।
Comments