आजबाट यूएईमा ११ सिनेमा हलमा नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा
Published: (Updated: )
by .प्रेम दिवसको अवसर पारेर यूएईमा प्रदर्शन हुन लागेको ‘प्रसाद’को पहिलो दिनका टिकट सबै बिक्री भइसकेको संयोजक आशिष पुरुषले जानकारी दिए ।
नेपालमा विकास नेटवर्कमार्फत विकास सुवेदी र आशिष पुरुषले मध्यपूर्वमा ‘प्रसाद’ भित्राउनु भएको हो । चलचित्र ‘प्रसाद’ बाँझोपनका कारण दाम्पत्य जीवनमा पारेको समस्या र त्यसले नेपाली समाजमा पारेको सामाजिक असरका विषयमा केन्द्रित भएर आमनेपाली भोगाइको व्यथा बोकेको चलचित्र भएकाले यूएईमा धेरैले ‘प्रसाद’को प्रतिक्षा गरेका छन ।
नेपालमा सय दिन मनाउने क्रममा रहेको प्रसादले विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रले अष्ट्रेलियामा नियमित ३५ शो गरिसकेको छ ।
लामो समय चलचित्र पत्रकारिता गरेका पत्रकार सुशील पौडेलले लेखेको कथा तथा सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा छन । त्यस्तै प्रसादमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्वलगायतका कलाकारले अभिनय गर्नुभएको छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको एसोसियट निर्देशक विकास सुवेदीले जानकारी दिए।
सन् २०१६ बाट यूएईका सिनेमा हलहरुमा नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन हुँदै आएका छन् । ‘प्रसाद’ चलचित्र यूएईमा बलिउड सिनेमा हलमा समेत प्रदर्शन हुँदैछ ।
Comments