Sajhamanch Archive

३३ हजार कर्मचारी अपुग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ– सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रम अन्तिम चरणमा पु¥याएसँगै अझै ३३ हजार कर्मचारी अपुग हुने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३६ हजार ५५८ स्वीकृत दरबन्दी मध्ये अहिले एक लाख तीन हजार कर्मचारी पूर्ति हुने भए अझै ३३ हजार दरबन्दी खाली रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अपुग ३३ हजार दरबन्दी मध्ये विभिन्न सेवा र समूहमा गरी करिब १२५ जना सहसचिव, दुई सय उपसचिव र बाँकी अन्य शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका कर्मचारीको दरबन्दी खाली रहने मन्त्रायका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार उक्त दरबन्दी पूर्ति गर्न सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय सेवा ऐन, सङ्घीय लोक सेवा ऐन र प्रदेश लोकसेवा ऐन निर्माण हुनपर्छ । त्यसका लागि मन्त्रालयले अहिले सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय सेवा ऐन मस्यौदा तयार गरी छलफलको क्रममा रहेको छ ।गोरखापत्र दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *