Sajhamanch Archive

नगरप्रमुख राना पत्नी वियोगमा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर पत्नी वियोगमा परेका छन् । उनकी पत्नी शान्ति राना मगरको आज शुक्रबार बिहान ९ः३० बजे निधन भएको हो ।

अर्जुनधारा ११ निवासी नगरप्रमुख रानाकी ५९ वर्षीया पत्नी शान्ति झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय रानाका तीन छोरा र तीन बुहारी एवम् एक छोरी र ज्वाइँ छन् । एक छोरा प्रत्युष आजाद राना युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् ।

नगरप्रमुख रानासहित परिवारमा परेको शोकप्रति साझामञ्च मिडिया समवेदना प्रकट गर्दै स्वर्गीय शान्ति रानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *