Sajhamanch Archive

कमल गाउँपालिकामा हात्तीपाइले रोग सम्बन्धि अन्तरक्रिया

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कमल । कमल गाउँपालिकामा हात्तीपाइले रोग सम्बन्धी अन्तरक्रिया गरिएको छ । शुक्रबार कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्तीपाइले रोग निवारण कार्यक्रम बारे गाउँपालिका स्तरिय अन्तरक्रिया गरिएको हो ।

यही फागुन १५ गते प्रदेश नम्वर १ का ५ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा संखुवासभामा २ वर्षदेखि माथिका सम्पूर्ण व्यक्तिहरुलाई यो हात्तीपाइलेको औषधी खुवाईने कमल गाउँपालिका स्वास्थ्य शाखाका तुलसी काफ्लेले जानकारी दिए ।

नेपालमा सन २००३ देखि हात्ती पाइले औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ । रोग प्रभावित ६१ जिल्लामा औषधी सेवन कार्यक्रम संचालन भई सकेको छ भने ३७ वटा जिल्लामा औषधी खुवाउने कार्यक्रम भैरहेको काफ्लेले बताए ।
महिला स्वस्थ्य सेविकाद्वारा प्रत्यक्ष निगरानीमा घरघरमा गएर औषधी खुवाइने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *