Sajhamanch Archive

आफ्नै गाउँठाउँको डकुमेन्ट्री बनाएर एक लाख रुपैयाँ जित्नुस्

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वी विल राइज फाउण्डेसनले ‘मेरो गाउँ मेरो ठाउँ’ थीममा भिडियो प्रतियोगिता सुरु गरेको छ । मुलुकभरका प्राकृतिक, सांस्कृतिक, खानपान, भेषभूषा, कला आदि विविध विषयमा इच्छुकहरुले सहभागिता जनाउन मिल्ने गरी प्रतियोगिता आयोजना गरिएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न ठाउँहरु घुम्न जाँदा हामी जो कोहीले पनि मोवाइल फोनबाटै पनि फोटो भिडियो खिचिरहेका हुन्छौं । यसरी नै खिचिएका नयाँ ठाउँ र थीम समेटिएका भिडियोहरु पनि प्रतियोगिताका लागि पठाउन सकिनेछ ।’

जनवरीदेखि अप्रिलसम्म चार महिना देशभरबाट सहभागी हुने प्रतियोगीबाट अधिकतम् ५ मिनेटको भिडियो डकुमेन्ट्री संकलन गरिने र पाँचजना स्रष्टाहरुको टिमले उत्कृष्ट छनोट गर्ने बताइएको छ । उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रोले ५० हजार, र तेस्रोले २५ हजार एवम् पिपल्स च्वाइसले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

नेपाल पर्यटन बोर्डसँगको समन्वयमा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *