पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’सरकारद्धारा प्रतिबन्ध
Published:
by .काठमाडौँ। भ्रष्टाचारको शून्य सहनशीलताको बारम्बार भाषण गर्दै हिडिरहेको दुई तिहाइको सरकारले चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको नयाँ लोकदोहोरी गीतमाथि प्रतिबन्ध लगाएको छ।
भ्रष्टाचार, समाजको बेथितिहत्या, हिंसा र बलात्कार जस्ता विषयलाई व्यंग्य गर्दै गीत सार्वजनिक गरेपछि सरकारले ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीतलाई यूट्यूब च्यानलबाट हटाउन दबाब दिएको हो।
शर्माको गीतबारे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेकपाका नेताहरुले छलफल गरेका थिए। छलफल लगत्तै शर्मालाई फोन गरेर गीत च्यानलबाट हटाउन दबाब दिएको जानकारी दिएको छ।
यता, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग बुझ्न खोज्दा उनले भने, ‘ म बिरामी छु। राति भयो। म सुते। भोलि कुरा गरौला।’
यस्तै गायक पशुपति शर्माले भने फेसबुकमा लामो स्टाटस लेख्दै गीतमार्फत शुशासन कायम हुनुपर्छ र देशमा विसंगती व्याप्त हुनु हुदैन भन्ने ध्येय रहेको बताएका छन्। उनले भनेका छन्, ‘सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन ।
तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु ।
अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।’
‘लुट्न सके लुट कान्छ’ अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको थियो।
देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए,यसो त पशुपति शर्माका प्राय गीत जनचेतना मुलक र व्यग्यात्मक हुने गर्दछन।उनले यो गीतमार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका थिए।
गीतमा शब्द अनि संगीत पनि गायक शर्माको आफ्नै रहेको थियो।गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी देखिएका छन्।
भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका छन् भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्।यसको सम्पादन नविन घर्ती मगरले गरेका हुन्।
Comments