Sajhamanch Archive

महानिर्देशक नारायणप्रसाद ढकालसंग मन्त्रालयले माग्यो स्पष्टीकरण

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण सोधेको ।

राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुखको नियुक्तिको विषयलाई लिएर मन्त्रालयले महानिर्देशक ढकाललाई स्पष्टीकरण सोधेको हो।

शुक्रबार मन्त्रालयले पत्र पठाउँदै महानिदेशक ढकाललाई स्पष्टिकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक महेश चौरासियाले बताए।

उनले भने ‘शुक्रबार पत्र काटिएको हो। पत्र पुगिसकेको छ, त्यसको भर्पाई मन्त्रालयमा आइसकेको छ ।

ढकालले राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख पद खाली भएपछि गत पुस ३० गते झा १० औँ तहका कर्मचारी सिनियर डिभिजनल केमिष्ट शैलेस कुमार झालाई निमित्त प्रमुखमा नियुक्त गरेका थिए।

एघारौँ तहको पदमा निमित्त दिने अधिकार विभागका महानिर्देशकको नभएको र उनले अख्तियारीको समेत दुरुपयोग गरेको भन्दै मन्त्रालयले ढकाललाई स्पष्टीकरण सोधेको मन्त्रीका प्रेस संयोजक चौरासियाले बताए।

यता ढकालले भने पद खाली भएपछि आफूसँग भएको अख्तियारी प्रयोग गर्दै कर्मचारी नियुक्ति गरेको बताए।

उनले भने ‘पद रिक्त भएपछि कानुनअनुसार जो सिनियर छ उ निमित्त हुन्छ। त्यहीअनुसार झा निमित्त भएका हुन्।

अब कर्मचारीलाई तलव खुवाउन समस्या पर्ला भनेर मैले आर्थिक अधिकार दिएको हुँ।

म एघारौँ तहको कर्मचारी मात्रै होइन महानिर्देशक पनि हुँ। मन्त्रालयका जिम्मेवार अधिकारीसँग सोधेरै यो निर्णय लिएको हुँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *