Sajhamanch Archive

कतै तपाइँको खानामा विषादी त छैन ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । तपाईं लोभलाग्दो र हेर्दै खाऊँ खाऊँ लाग्ने खानेकुरा किनेर खानुहुन्छ भने होस पु¥याउनुहोला, त्यहा विषादी पनि मिसाइएको हुन सक्छ । यस्तो खानेकुरा खाँदा तपाईंको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । पछिल्लो समयमा बजारमा विषादी प्रयोग भएका खानेकुरा छ्यापछ्याप्ती पाइने गरेको छ ।

यस्ता खानेकुराका कारण विभिन्न डरलाग्दा रोग लाग्नेदेखि ज्यानसम्म जाने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले गरेको एक अध्ययनले विषादी प्रयोग भएका खानेकुरा खाँदा मुर्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर हुने तथा मृत्यसम्म हुने सक्ने देखाएको छ ।

त्यस्तै, अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नसासम्बन्धी समस्याजस्ता दीर्घकालीन असर पर्ने सो अध्ययनले देखाएको छ ।
विश्वमा प्रयोग हुने १८७ बढी विषादीले अन्तश्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । विषादीयुक्त खानेकुरा निरन्तर खाँदा यस प्रणालीलाई असर पु¥याउने प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा डिल्लीप्रसाद शर्माले बताए ।राजधानी दैनिक बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *