Sajhamanch Archive

काश्मिरमा फेरि दोहोरो गोली हानाहान, मेजरसहित चार सैनिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

नयाँदिल्ली। भारत प्रशासित जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भएको छ । गोली हानाहानमा परेर भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।

बीबीसीको अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको छ ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *