भद्रपुरमा जातीय संस्कृतिको संरक्षणकालागि महोत्सवको तयारी
Published: (Updated: )
by .भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्न महोत्सव गर्ने भएको छ ।
प्रथम भद्रपुर आदिवासी महोत्सव २०७५ को आयोजना गरेको महासंघले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मिस एण्ड मिस्टर आदिवासी झापा समेत गर्ने भएको हो ।
भद्रपुर ६ स्थित उद्योग वाणिज्य संघ झापाको सचिवालय अगाडिको चौरीमा सम्पन्न हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले साँगीतिक प्रस्तुति दिने छन् भने महासंघमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा सहितको स्टल रहेने छ । ३५ वटा स्टल रहने महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, राई, लिम्बू, नेवार, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचान सहितका स्टल राख्ने छन् भने व्यापारिक प्रतिष्ठानहरूले अन्य स्टल ५ हजार भाडामा १५ दिनसम्म राख्न पाउने छन् ।
महोत्सव संयोजक सन्तोष राजवंशीका अनुसार यस महोत्सवले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा, खानपान र बाजागाजाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने छ । यसैगरी मिस एण्ड मिस्टर आदिवासी प्रतियोगिताले आदिवासी जनजाति युवा युवतीमा कलात्मक क्षमता विकास हुने तथा व्यक्तित्व विकासमा योगदान पुग्ने संयोजक राजवंशीले जानकारी दिए ।
महोत्सव सचिवालय सदस्य याता राजेन्द्र सुनुवार भन्छन् — ऐतिहासिक भद्रपुरको व्यापारिक चहलपहलका लागि महोत्सव फदायी हुने छ । २२ लाख खर्च अनुमान गरिएको महोत्सवबाट २५ लाख आम्दानी अनुमान गरिएको याताले प्रष्ट्याए ।
Comments