सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित
Published:
by .कञ्चनपुर । कञ्चनपुरमा सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित भएका छन् ।
वैकल्पिक सौर्य उर्जाबाट निःशुल्क भूमिगत सिंचाईको सुविधा पाएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । कञ्चनपुरमा सौर्य प्रविधिबाट १० वटा भूमिगत सिंचाई संचालन भएका छन् । जसमध्ये बेलौरी नगरपालिका–४ मा ५ वटा, वडा नम्बर ५ मा ३ वटा र जिल्लाका अन्य भागमा २ गरी १० वटा भूमिगत सिंचाइ (पप्पसेट) संचालनमा रहेको बेलौरी नगारपालिकाले जनाएको छ ।
यसअघि सिंचाईको सुविधाबाट बञ्चित यहाँका किसानले डिजल तथा विद्युतिय पप्पसेटबाट सिंचाई गर्दै आएका थिए । सोलार प्रविधिबाट भूमिगत सिंचाइ सुरु भएपछि आर्थिक भार हटेको स्थानीय बताउँछन् ।
सौर्य उर्जाबाट सिंचाइ हुन थालेपछि बत्ती कुर्नु पर्ने झन्झट र पेट्रोलियम पर्दाथको अभावबाट समेत यहाँका स्थानीयले मुक्ति पाएका छन् । यसअघि सिंचाई गर्दा प्रतिघण्टा डेढ लिटर डिजल लाग्ने गरेकोमा अहिले सौर्य प्रविधिबाट घाम लागेका बेला दैनिक १० घण्टा निःशुल्क सिंचाई गर्न सकिन्छ ।
Comments