Sajhamanch Archive

मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिसमा छानबिन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिस समिम अन्सारीविरुद्धका उजुरीबारे संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले अनुसन्धान पछिमात्रै आवश्यक निर्णय लिने भएको छ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले जुरीकर्ता गोकुल खत्रीसँगको छलफलपछि मुस्लिम आयोग अध्यक्षमा सिफारिस अन्सारीको राजनीतिक दलबाट राजिनामा दिएरनदिएको, नागरिकता र शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान र छानबिनपछि मात्रै सुनुवाइ प्रक्रिया अगाडि बढाउने समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

उजुरीकर्ता खत्रीले अध्यक्षमा सिफारिस भएका अन्सारीको नागरिकता २५ वर्षको उमेरपछि मात्रै लिएको, शैक्षिक प्रमाणपत्रमा पनि कैफियत देखिएको तथा प्रमाणपत्र आयोग अध्यक्षमा सिफारिस भएपछि मात्रै सार्वजनिक गरिएको भन्दै समितिमा उजुरी दिएका थिए।

खत्रीले काठमाडौं जिल्लाबाट नागरिकता लिन उमेर २५ वर्षपछि लिनुको कारण के हो । मदरसाबाट डिप्लोमा गरेको प्रमाणपत्रको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता, इक्युभ्यालेन्ट, लिएको जुन डिप्लोमा पास गरेको १४ वर्षपछि मात्रै लिइएको र नेकपाको केन्द्रीय सदस्यमा अझै पनि नाम रहेको बताए।

कुनै पनि पार्टीमा आवद्ध व्यक्ति संवैधानिक आयोगमा योग्य हुँदैन।

सांसदहरूले अन्सारी विरुद्धका उजुरीबारे प्रष्ट नभएसम्म अगाडि बढ्न नहुने बताएका थिए।

समितिले अन्सारीको नागरिकताबारे काठमाडौं जिल्ला प्रशासनबाट पारिवारिक विवरणसहित लेखिपठाउन पत्र पठाउने, पार्टीमा संलग्नताबारे निर्वाचन आयोगलाई पत्र पठाउने र शैक्षिक प्रमाणपत्रबारे सम्बन्धित निकायमा पत्र पठाउने निर्णय गरिएको सभापति कर्णले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *