Sajhamanch Archive

२०७२ सालको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान

Published: in राष्ट्रिय समाचार, विविधा by .

स्पेन । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ ।

स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ सम्मान प्रदान गरेको हो । उक्त सम्मान नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले राहत तथा उद्धारमा निर्वाह गरेको भूमिकाका लागि दिइएको बताइएको छ ।

भूकम्पपछि ७१ स्पेनिस नागरिकलाई सकुशल उद्धार गरी स्वदेश फर्काउन भारतले सहयोग गरेको स्पेनको भनाइ छ ।

भूकम्पलगत्तै भारतले ‘अपरेशन मैत्री’ अन्तर्गत नेपालमा राहत र उद्धार गरेको भन्दै स्पेनले सम्मान गरेको भारतीय अधिकारी बताउँछन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *