Sajhamanch Archive

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार

Published: in राष्ट्रिय समाचार, समाज, by .

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीमा हिजो साँझ भएको पिकअप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

ध१ज ७९१ नम्बरको पिकअप जिप छिस्तीको रापुङ भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

दुर्घटनामा छिस्तीकी प्रियंका पुन, तुलसी पुन श्रीस, ज्योति पुन र एलिना पुनको मृत्यु भएको छ । मृतक ज्योति पुन र प्रियंकाको धौलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने तुलसी र एलिनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नावय उपरीक्षक चिरञ्जीवी कोइरालले जानकारी दिए ।

दुर्घटनाका घाइते भएका चार जनालाई धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

जिप चालक प्रविन पुन र जिपमा सवार विशाल परियार भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ओभर लोडको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *