Sajhamanch Archive

आहा रारा गोल्डकपमा विदेशीसहित १० टोली

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

कास्की। पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।

पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।

धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डफिन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

‘विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले प्रतियोगिताको समय १० दिन मात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो’, उनले भने । उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *