Sajhamanch Archive

युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, by .

युएई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धी मुद्धा अदालती प्रक्रियामा रहेको सूचना जारी गर्दै दूताबासले जनाएको छ ।

गएको मंसीरदेखि माघ मसान्तसम्मको अवधिमा केही मुद्धाको प्रक्रिया पूराभई क्षतिपूर्तिसमेत प्राप्त गरी नेपाल पठाइसकेको छ भने केहीको प्रक्रिया पूराभई क्षतिपूर्ति प्राप्त गर्ने क्रममा रहेको सूचनामा जनाइएको छ । यस्तै केहीको भने अदालती प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।

पछिल्लो तीन महिनाको अवधिमा क्षतिपूर्ति वापतको रकम चार जनाको परिवारलाई नेपाल पठाई सकिएको छ भने दुई जनाको पठाउन बाँकी रहेको छ । यसैगरी चार जनाको प्रक्रिया पूरा भए पनि रकम प्राप्त भैनसकेको अवस्था छ । दुई जनाको ब्लडमनी अदालतमा जम्मा भैनसकेको कारण प्रकृया अगाडि बढ्न नसकेको जनाइएको छ ।

युएईमा ज्यान गुमाउनेमध्ये पछिल्लो तीन महिनामा शहदेव यादव (धनुषा), टुकबहादुर गुरुङ (लमजुङ) र विरबल अहिर (नवलपरासी)को जनही दुई लाख दिराम र लक्ष्मीमाया श्रेष्ठ (नवलपरासी)को एक लाख दिराम नेपाल पठाइसकिएको दूताबासले जानकारी दिएको छ ।

यसैगरी धनुषाका शंकरकुमार खपाङ्गीको फाईनल सेटलमेन्ट वापतको १७ हजार १२० दिराम प्राप्त गरेको बताइएको छ । खपाङ्गीको नेपालमै मृत्यु भैसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *