Sajhamanch Archive

बंगलादेशको राजधानी ढाकामा आगलागी कम्तिमा ५० जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा by .

बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । झण्डै ४० जना गम्भीर घाइते भएका छन् ।

राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो ।

ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन् । आगलागी भएको क्षेत्रमा रसायनको गोदाम पनि थियो ।

३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

अहिलेसम्म १२ जनाको शव बाहिर निकालिएको छ । ९५ प्रतिशत आगलागी नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *