पुरुषका स्तन किन बढ्छन् ? यसरी गर्न सकिन्छ उपचार
Published:
by .जन्मदाखेरि पुरुष र महिलाको स्तन समान हुन्छन् । तर, पछि महिलाको स्तन किशोरावस्थादेखि बुढी हुन्जेलसम्म बढ्ने प्रक्रिया चल्दछ । यो प्राकृतिक नियम नै हो ।
यता पुरुषको स्तन भने जन्मिँदाभन्दा पछि तात्विक भिन्नतामा बढ्दैन । तर, कतिपय पुरुषको पनि स्तन बढ्दछ । केही पुरुष यो समस्यादेखि आजित भएका हुन्छन् । कोही पुरुष जत्ति बढ्यो उत्ति स्तन पनि बढ्ने समस्याबाट आजित हुन्छन् ।
युवावस्थामा पुरुषको स्तन बढ्दै जाँदा मानसिक रूपमा हीनताबोध हुने र लजालुपन देखिन्छ । यसले आत्मविश्वास कमजोर गराइदिन्छ । पुरुषमा पनि महिलामा जस्तै स्तन क्यान्सर हुने सम्भावना एक प्रतिशत रहेको तथ्यांकले देखाउँछ । मोटोपनका कारण पुरुषको स्तनमा अत्यधिक बोसो जम्न गई यस्तो रोग देखा पर्न सक्छ ।
पुरुषको स्तन बढ्दै जाने समस्यालाई ‘गिनेकोमास्टिया’ भनिन्छ । स्तन ग्रन्थिका तन्तुहरू तथा बोसो बढ्नु नै यो समस्या हो । यो समस्या पुरुषमा हुने हर्मोनको गडबडीले नै निम्त्याउँने गर्दछ ।
‘गिनेकोमास्टिया’ बाल्यकाल, युवा अवस्था वा बुढेसकाल जहिल्यै देखिन सक्छ । पुरुषको स्तन मोटोपनले बढ्ने हो । उमेरको अन्तरसँगै स्तन बढ्दै जाने प्रक्रिया त भइहाल्छ । तर, हर्मोनको गडबडीले चाहिँ समस्याका रूपमै स्तन बढ्न सक्छ ।
स्तनमा अण्डकोषका हर्मोन, एड्रेनल ग्रन्थिका हर्मोन र थाइरोइड हर्मोनको गडबडीले समस्या पार्छ । मृगौलाको गडबडी, कलेजोको गडबडी, कुपोषणले पनि समस्या निम्त्याउन सक्छ ।
एमिडारोन, डिगोजिन, निफेडिपाइनलगायतका जस्ता मुटुरोगका औषधिहको सेवनले पनि स्तन बढ्ने समस्या हुन्छ । यसैगरी रक्सी, हिरोइन, गाँजाजस्ता नशाजन्य पदार्थको सेवनले पनि यो समस्या देखिन्छ ।
यसरी गर्न सकिन्छ उपचारः
यो समस्या समाधान अप्रेशन विधिबाट गर्न सकिन्छ । स्तनमा सानो प्वाल बनाई औजारको सहयोगले बोसो तथा तन्तु हटाउने गरिन्छ । यो उपचार विधि सन् १९८० को दशकबाट सुरु भएको हो ।
यस्तो उपचार गर्दा घाउ सानो हुने तथा खत नदेखिने हुन्छ । अप्रेसनपछि रगत जम्ने, फोहोर पानी जम्ने र दुखाइ हुने समस्या कम हुन्छ । घाउको संक्रमण पनि कम हुन्छ ।
Comments