Sajhamanch Archive

दिपजन अंग्रेजी माविका विद्यार्थी द्वयले बनाए रोबट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारी स्थित दिपजन अंग्रेजी माविका विद्यार्थीले रोबटको परिक्षण गरेका छन् । विद्यालयको १२ औं  वार्षिकोत्सवको अवसरमा विद्यार्थी द्वय धमला र आचार्यले मानव निर्मित रोबर्टको परीक्षण गरेका हुन् ।

विद्यालयमा कक्षा ८ मा अध्ययनरत् गौरव धमला र कक्षा ९ मा अध्ययनरत् क्षितिज आचार्यले एक महिना लगाएर निर्माण गरेको रोबर्ट निर्माण गरेका हुन् । धमला र आचार्यले विज्ञान शिक्षक मोहन खड्का र कम्प्युटर शिक्षक जीवनप्रसाद खरेलको सहजीकरणमा एक महिना लगाएर निर्माण गरेको उक्त रोबट बत्ती बाल्ने, निभाउने, अगाडि बढ्ने, पछाडि सर्ने कार्य गरेको शिक्षकहरु बताउँछन् ।

हर्के नाम दिइएको रोबर्टले ती सबै कार्य गर्दा कार्यक्रममा उपस्थित अतिथिहरु मात्र होइन, अभिभावकहरु समेत दंग परेका थिए । ‘विद्यार्थीहरुलाई उनीहरुको रुची अनुसार सही मार्गदर्शन दिइयो भने उनीहरुले ठूलो काम पनि गर्न सक्ने अधिकांश शिक्षकहरुले बताए ।

‘यस वर्ष विद्यार्थीहरुले रोबर्ट बनाएर देखाए, अर्को वर्ष हेलिकप्टर बनाएर उडाउने छन्, विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले भने, विद्यार्थीको क्षमता देखेर शिक्षकहरुले उनीहरुलाई प्रोत्साहन गर्नु पर्छ ।

कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत् विद्यार्थीहरु मध्येबाट चार सयभन्दा बढी विद्यार्थीहरुले गीत, नृत्य, फेशन शो, लाइभ कन्सर्ट प्रस्तुत गरेका थिए । त्यस्तै स्थानीय भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कक्षा ९ मा अध्ययनरत् रेश्मा राजवंशीले राजवंशी भाषा र संस्कृति तथा विद्यालयको गतिविधिबारे राजवंशी भाषामा मन्तव्य राखेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *