Sajhamanch Archive

मोटोपन घटाउने सरल जापानीज विधि

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by .

मोटोपन घटाउन सजिलो छैन। मोटोपनबाट आजित भएकाहरू तौल घटाउनको लागि प्रायः दुई तरिकामध्ये एक विकल्प अपनाउने गर्छन्। एउटा विकल्प हो, महँगो व्यायाम र अर्को, आहार नियन्त्रण जसले पेटलाई निकै समयसम्म खाली राख्छ।

तर दुईवटै तरिका अपनाउँदा समेत उचित परिणाम पाउनु भएको छैन र दिक्क हुनुभएको छ भने तेस्रो तरिका छ, जापानिज लामो श्वाश तान्ने तरिका। यसले भने तपाईँको तौल र मोटोपन घटाउन मद्दत पुयाउँछ कि?

यो तरिकालाई सास नियन्त्रण भनिन्छ जसको आहारसँग कुनै मतलब छैन। यो तरिकामा हामीले आफ्नो शरीरलाई विशेष मुद्रामा राख्ने मात्र हो।

तीन सेकेन्डसम्म सासलाई भित्र तान्नुहोस् र सात सेकेन्डसम्म बेस्सरी सास बाहिर छोड्नुहोस्। दिनको दुई मिनेट मात्र गरे पुग्ने यो व्यायामले साँच्चै नै तौल घटाउन सहयोग गर्छ।

मोटापन घटाउने भनेको शरीरको बोसो घटाउने हो। अक्सिजन, हाइड्रोजन र कार्बनको सम्मिश्रणले बनेको बोसोलाई यो सरल सास फेर्ने तरिकाले नियन्त्रण गर्छ। सास भित्र तान्दा, भित्र तानिएको अक्सिजन बोसोसँग गएर टाँसिन्छ र बोसोलाई पानी र कार्बन तत्वको रुपमा छुट्याउँछ। पछि सास बाहिर फाल्ने क्रममा टुक्रिएको कार्बन, कार्बनडाइअक्साइडको रुपमा बाहिर निस्कन्छ। यो व्यायामले तौल घटाउन मात्र नभइ शरीरको मांशपेशीलाई बलियो बनाउन र शरीरको मेटाबोलिजम बढाउन पनि सहयोग पुर्याउँछ।

सुन्दा र पढ्दा पत्यार नलाग्न सक्छ। तर २०१४ मा ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययन अनुसार, यो व्यायामले एक दिनमा आधा पाउन्ड बोसो घटाउन सहयोग गर्छ। जापानिज नायक मिकि रोसुकेका विधि पालन गरे।

उनका अनुसार यो व्यायामले एक हप्तामा उनको कम्मरको १३ किलो (लगभग ५ इन्च)बोसो घटाउन सहयोग गरेको थियो।
पक्कै पनि यो विधिले तपाईँहरूको नियमित व्यायाम र आहार नियन्त्रणलाई केही असर गर्दैन। तौल घटाउने कुरामा दत्तचित्त भएर लाग्नुभएको छ भने एक पटक यो तरिका पनि अपनाउनुहोस्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *