Sajhamanch Archive

अबैध रुपमा आयात हुने मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा ।मेचीनगर नगरपालिकाले नगरभित्र रहेका मासु पसललाई व्यवस्थित गदैं अबैधरुपमा आयात हुने मासु तथा मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने भएको छ ।

शुक्रबार नगरपालिकाको सभाकक्षमा गुणस्तरहीन माछा मासुजन्य खाद्य वस्तुको आयात एवम् अवैध रुपमा हुने ओसार पसारलाई न्यूनिकरण नियन्त्रण गर्ने उद्देश्यले आयोजित सरोकारवाहरुसँगको अन्तरक्रियामा नगरपालिका प्रमुख विमल आचार्यले स्थानीय सरकराले यसलाई व्यवस्थित गर्न कार्य नीति र निर्देशिका बनाएर ठोस नीति ल्याउने बताए ।

स्थानीयवासीको स्वच्छ सफा र स्वस्थ्य मासु उपभोग गर्नुपर्ने अधिकार भएपनि त्यस्तो वस्तु उपभोग गर्न नपाएको, फर्मालिन हालेर ल्याएको माछा खान बाँध्य भएकाले अब स्थानीय सरकारले त्यसको अन्त्य गदैं आफ्ना नागरिकलाई सफा र स्वस्थ्य माछा मासु उपभोग गराउने बताए । नेपालमा प्रतिबन्धित मासु तथा मासुजन्य एवम् पक्षी र पक्षीजन्य वस्तुका आयातका कारण मानव शरीरमा नकरात्मक असर तथा नेपाली व्यवसायीको लगनी डुब्ने र व्यवसाय समेत संकटमा पर्ने भएकाले अवैध आयातलाई निरुत्साहित पार्न सवै सरोकारवाला निकाय लाग्नुपर्ने उनको भनाई थियो । नगरप्रमुख आचार्यले अब नगरको बधशालालाई समेत व्यवस्थित गरी त्यसबाट उत्पन्न हुने फोहोर मैलाको समेत उचित व्यवस्थापन गर्ने बताए ।

भारतमा उपभोग नहुने खसी तथा कुखुराका आन्द्राभुडी र टाउको नेपालतर्फ सस्तो मुल्यमा ल्याएर विक्री गर्ने गरिएको प्रसंग उल्लेख गदैं प्रमुख आचार्यले त्यसको अन्त्य गर्न सवैसँग आग्रह गरेका थिए । यसले नेपाललाई ‘डम्पिङ साईड’ बनाएको उनको भनाई थियो । चरनका कारण होस वा ओसार पसारका कारण विभिन्न रोगले संक्रमण चौपायाले गर्दा रोग भित्रिने गरेकाले स्थानीय पशुपालक किसानहरुले ठूलो आर्थिक व्ययभार व्यहोर्नु परेकाले त्यसको नियन्त्रणमा स्थानीय प्रहरी प्रशासनलाई कडारुपमा लाग्न नगरप्रमुख आचार्यले आग्रह गरे ।

खुला सिमानाका कारण यस्ता वस्तुको आयात रोक्न तथा नियन्त्रणमा समस्या आएको उनको भनाई थियो । मेचीनगरको ४ नम्बर वडामा अत्यन्तै ठुलो र धेरै पशुपालन फर्म रहेकाले रोगी पशुको आयात भए निरोगी पशुमा रोग सर्ने उनको भनाई थियो । कार्यक्रममा सहभागी सुरक्षाकर्मीकातर्फबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी बल नेपाल राजस्स्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तु भित्रिन नदिन स्थानीय प्रहरी प्रशासन सक्रियरुपमा लाग्ने बताएका थिए । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले झोलामा भित्रिने मासु तथा मासुजन्य वस्तु भन्सारका कर्मचारीले तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको बताए ।

कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंले चालु आर्थिक वर्ष २०७५—२०७६ को फागुन पहिलो सातासम्म कार्यालयले गरेको कामको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार साउनमहिनादेखि फागुन ९ गतेसम्म ४ सय ९ड वटा ब्रोइलर कुखुरा, ६ सय ३० वटा लोकल कुखुरा तथा ६ सय २५ केजी मासु नष्ट गरिएको थियो । सिहंले प्रचारमा आए जस्तै फर्मालिन माछामा नभेटेको प्रष्ट पारेका थिए । हरेक वर्ष माछाको आयात समेत ३५ देखि ४० प्रतिशतले किम आएको बताए । सहभागी व्यवसायीले अवैधरुपमा हुने आयातले आफ्नो व्यवसाय चौपट्ट बनेका कारण यसलाई तत्काल रोक्न आग्रह गरेका थिए ।

छलफलले अवैधरुपमा भित्रिने माछा मासुजन्य खाद्य वस्तुको ओसारपसारलाई निरुत्साहित गर्न सम्बद्ध पक्ष सरोकारवालाहरुबाट भइरहेको निगरानीलाई अझ प्रभावकारी बनाउन पहल गर्ने, मासु तथा मासुजन्य व्यवसाय सञ्चालन गर्दा व्यवसायीले अनिवार्य दर्ता गरी अभिलेख राख्नुपर्ने, सचेतनामुलक सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने, संयुक्त अनुगमनलाई थप प्रभावकारी बनाउने तथा व्यवस्थित बधशाला निर्माण एवम् सञ्चालनको यथाशीघ्र व्यवस्था मिलाउन पहल गर्ने सरोकारवालाबीच समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्श निकालेको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए ।

कार्यक्रममा उपप्रमुख मनिा पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक नारायण आचार्य, मासु उतपादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राईलगायत विभिन्न व्यवसायीहरुले आ आफ्नो धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *