Sajhamanch Archive

३०औं वर्ष शृङ्खलामा कनकाईको म्याराथन

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । यहाँस्थित पूर्वी नेपालकै पुरानो शैक्षिक प्रतिष्ठन कनकाई एजुकेशन फाउण्डेसनले आज ३०औं वर्ष शृङ्खलाको म्याराथन गराएको छ । शनिश्चरे बजारदेखि बिर्तामोडको मुक्तिचोकसम्मको दूरीका लागि कलेजस्तरका छात्र र छात्रा तथा विद्यालयस्तरका छात्र र छात्राबीच प्रतियोगितात्मक म्याराथन गराइएको हो ।

म्याराथनमा कलेस्तरका छात्रा सहभागीहरुमध्ये विनिता गुरागाईं प्रथम, ज्योति राई दोस्रो, रचना तामाङ तेस्रो भए भने सुजा थाम्सुहाङले सान्त्वना पुरस्कार हात पारिन् । यस्तै कलेजस्तरका छात्रहरुमध्येबाट पदम राई प्रथम, गौरव दाहाल दोस्रो, सुरेन लिम्बू तेस्रो र सार्जन चौंलागाईं सान्त्वना भएका छन् ।

विद्यालयस्तरका सिनियर विद्यार्थीहरुबीचको स्पर्धामा छात्रहरुतर्फ निर्जन लिम्बू प्रथम, निशेक लिम्बू द्वितीय र दिप्शन श्रेष्ठ तेस्रो भए । यस्तै छात्राहरुबाट मनिता चिमरिया, प्रनिशा गौतम र मन्दरी गुप्ता क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका प्रिन्सिपल पेम्वा लामाले बताए । यस्तै विद्यालयस्तरका जुनियर विद्यार्थीहरुबीचको स्पर्धामा छात्राहरुबाट सन्ध्या चुँडाल, मेलिना पौडेल र ग्रिष्मा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यता छात्रहरुतर्फ प्रयाश कार्की प्रथम, आशियान भट्टराई दोस्रो र आदित्य अधिकारी तेस्रो स्थान लिन सफल भए ।

विजयी प्रतियोगीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, ट्राफिक प्रहरी निरीक्षक राजेश राईको प्रमुख आतिथ्यमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा फाउण्डेसनका अध्यक्ष जयनारायण ढुङ्गानाले वि सं. २०३५ सालमा स्थापित कनकाईले विगत ३० वर्षदेखि हरेक वर्ष विद्यालय तथा क्याम्पस स्तरीय म्याराथन गराउँदै आएको बताए ।

प्रिन्सिपल बिष्णु दाहालले सञ्चालन गरेको पुरस्कार वितरण कार्यक्रममा क्याम्पस प्रमुख सुरेशकुमार चापागाईं, फाउण्डेसनका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गाना, ट्राफिक प्रहरी प्रमुख राजेश राईले आफ्ना भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *