बि एण्ड सीका कार्यकारी निर्देशक प्रसाई सम्मानित
Published:
by .बाह्रदशी । यहाँस्थित कञ्चनगढ एजुकेशन फाउण्डेसनले स्वास्थ्य तथा स्वास्थ्य शिक्षाका लागि संघर्षरत बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सम्मान गरेको छ । फाउण्डेसनको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आज शनिबार प्रसाईलाई सम्मान गरिएको हो ।
झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल जीवन पनेरु, प्याब्सनका प्रदेश उपाध्यक्ष मिलनकुमार ढुङ्गानालगायतले प्रसाईंलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
प्रसाईंलाई प्रदान गरिएको सम्मानपत्रमा स्वास्थ्य क्षेत्रमा नमूनायोग्य एवम् उल्लेखनीय कार्य गरेको उल्लेख छ । बि एण्ड सी अस्पताल सञ्चालनमा ल्याएर पूर्वाञ्चलबासीले भारतसम्म गएर महङ्गो उपचार गर्नुपर्ने बाध्यता हटाउन एवम् स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहाने गरिब विद्यार्थीहरुले घरआँगनमा नै शिक्षा लिन पाउने वातावरण बनाउन सम्मानित व्यक्ति दुर्गा प्रसाईं संघर्षरत रहेको उल्लेख छ ।
योसँगै प्रतक्ष्य वा अप्रत्यक्षरुपमा पूर्वीभेगको विकास एवम् स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको जनाइएको छ ।
Comments