Sajhamanch Archive

देवभूमी विद्यापीठको वार्षिकोत्सव, १३ भाषामा स्वागत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अर्जुनधारा । झापाको अर्जुनधारा–५स्थित देवभूमी विद्यापीठ अंग्रेजी आवासिय विद्यालयको १२औं वार्षिकोत्सव मनाएको छ ।

विद्यार्थीहरुले ११ वटा मातृ भाषासहित जम्मा १३ वटा भाषामा उर्दु, खस, गुरुङ, तामाङ, थारु, नेवार, मगर, मैथिली, राई, राजवंशी, लिम्बू, शेर्पा र संस्कृत भाषामा स्वागत गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय कराँते प्रतियोगितामा पदक विजेता स्थानिय खेलाडी एस्तर राई र पत्रकार पूष्पा लिम्बूलाई सम्मान गरीएको छ । यस्तै गत बर्षको एस इ इ मा उत्कृष्ट अंक ल्याउने रिजन मैनाली ,बर्ष उत्कृष्ट विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक जम्मरकट्टेलद्धारा लिखित छुवाछुत विरुद्धको सन्देशमा   आधारित नाटक ‘परिवर्तनको एक प्रयास’ समेत मञ्चन गरिएको थियो ।कार्यक्रममा प्रधानाध्यापक राकेश कट्टेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिद्यालय अभिभावक सँगका अध्यक्ष टंक खतिवडा, कृष्ण पौडेल , लगाएतले शुभकामना राखेका थिए । कार्यक्रमको सन्चालन विद्यार्थी हर देव शर्मा,अंकिता भट्ट ,प्रज्वल सग्रौला ,बिनिता आचार्य दीक्षा भट्टराई , रोसिका रिमाल
लगायतले गरेका थिए,।

कार्यक्रममा प्याब्सन प्रदेश १का उपाध्यक्ष मिलनकुमार ढुंगानाको समेतको उपस्थिति रहेको थियो । ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *