Sajhamanch Archive

चिकित्सक संघद्वारा ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत चिकित्सकले सरकारलाई माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका छन् ।

कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको अन्तिम समय भन्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो । आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामुहिक राजीनामा दिने जानकारी गराइएको छ ।

सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभए पनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।

चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुस २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *