Sajhamanch Archive

नेपालकी नेरी थापाले हङकङविरुद्ध ६ विकेटमा खर्चिइन् जम्मा ८ रन

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

थाइल्याण्डमा जारी आईसीसी टी,२० एसिया रिजन छनोट अन्तर्गत हङकङविरुद्ध खेलिरहेको नेपालका तर्फबाट शुरुआती ६ विकेट नै नेरी थापाले लिइन् ।

४ ओभर बलिङ गरेकी थापाले ८ रन खर्चिइन् । कुनै मेडन ओभर राख्न नसके पनि हङकङले २३ रन बनाएका बेला नेरीले पहिलो विकेटका रुपमा पोनलाई आउट गरिन् ।

पोनलाई उनले ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन् ।

यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा यी सान टुलाई खाता नै खोल्न नदिइ पेभेलियन पठाउन सफल भइन् ।

तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि सर्वाधिक रन बनाएकी यस्मिन दसवानीलाई आउट गरिन् । दसवानी १६ रनमा आउट भएकी हुन् ।

राम्रो सुरुआत गरेको हङकङले ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् ।

पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् । योसँगै नेरी नेपालबाट टी,२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् ।

नेरीको विकेट लिने यात्रा भने यतिमै रोकिएन । उनले छैटौं विकेट पनि लिन सफल भइन् ।

नेरीले जस्मिन टिटमसलाई छैटौं विकेटको रुपमा सिकार गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *