Sajhamanch Archive

अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने

Published: in राष्ट्रिय समाचार, विविधा by .

वासिंटन। अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय तत्कालका लागि स्थगन गरेका हुन् ।

गत साता अमेरिका र चीनबीचको भएको व्यापारसम्बन्धी वार्ता उपलब्धिमूलक भएको भन्दै राष्ट्रपति ट्रम्पले तत्कालका लागि आयात शुल्क नबढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि अमेरिकाले आगामी शुक्रबारबाट लागू हुने गरी चिनियाँ सामान आयातमा १० देखि २५ प्रतिशतसम्म आयात शुल्क बढाउने निर्णय गरेको थियो ।

पछिल्लो समय दुई मुलुकबीच भएका व्यापार वार्ता प्रगतिमूलक भएको भन्दै राष्ट्रपति ट्रम्पले व्यापार सम्झौतालाई थप मजबुत बनाउन चीनका राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ताको तयारीसमेत गरेका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *