लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना
Published:
by .बिर्तामोड । आज यहाँ ‘लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि’ विषयक एक दिने कार्यक्रम संचालन गरिएको छ ।
बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा (प्रसाई)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
प्रेम होटलको सभाहलमा भएको उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, महिला संघ–संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
Comments