Sajhamanch Archive

लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । आज यहाँ ‘लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि’ विषयक एक दिने कार्यक्रम संचालन गरिएको छ ।

बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा (प्रसाई)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

प्रेम होटलको सभाहलमा भएको उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, महिला संघ–संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *